माछा मार्ने क्रममा गोहीको आक्रमणबाट एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ जेठ २४ गते १४:२३
काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको ध्रुवघाट क्षेत्रमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका २५ का ३५ वर्षीय छन्नुराम बोटे छन् ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आइतबार साँझबाट बेपत्ता भएका बोटेको आज बिहान राप्ती नदीमा शव भेटिएको हो । राति माछा मार्ने क्रममा गोहीले बोटेलाई आक्रमण गरेको अधिकारीले जानकारी दिए । इजाजत प्राप्त व्यक्तिले तोकिएका साधनको प्रयोग गरेर मात्रै निकुञ्ज क्षेत्रमा माछा मार्न पाइने व्यवस्था छ ।
चालु आर्थिक वर्षको हालसम्म वन्यजन्तुबाट निकुञ्ज र मध्यवर्ती क्षेत्रमा १२ व्यक्तिको मृत्यु भएको छ । हात्ती, बाघ र गैँडाले तीन÷तीन, गौरीगाई, बँदेल र मगर गोहीबाट एक÷एकजनाको मृत्यु भएको छ । वन्यजन्तुको आक्रमणबाट यो अवधिमा २३ व्यक्ति घाइते भएका छन् ।
सम्बन्धित
















गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया