सुदूरपश्चिममा पुग्यो ८५ हजार डोज खोप

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसविरुद्धको ८५ हजार डोज खोप पुगेको छ । चीनबाट आयात गरिएको उक्त खोप सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सबै जिल्लालाई हस्तान्तरण गरिसकेको छ । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र गोल्डेन असिस्टेन्ट राजेन्द्र अवस्थीले पहिलो चरणमा यहाँ ६० देखि ६४ वर्ष उमेर समूहका लागि लगाइने जानकारी दिए ।
केन्द्रबाट आएको खोप जिल्लामा वितरण गरिएको छ । उनले सुदूरपश्चिमका सबै जिल्लाका स्वास्थ्य कार्यालयलाई ४५ हजार ए ९३ डोज हस्तान्तरण गरिएको बताए । आपूर्ति केन्द्रका अनुसार कैलाली स्वास्थ्य कार्यालयलाई १३ हजार ६१०, कञ्चनपुरलाई ७ हजार ५७०, अछामलाई ४ हजार १०२, डोटीलाई ३ हजार २० डोज हस्तान्तरण गरिएको छ ।
त्यसैगरी डडेल्धुरालाई २५८, बैतडीलाई ३ हजार ७८०, दार्चुलालाई ३ हजार २४३, बझाङलाई ३ हजार १६८ र बाजुरा स्वास्थ्य कार्यालयलाई ४ हजार ४४२ दिइएको छ । यसअघि सुदूरपश्चिममा कोरोना संक्रमणसित अग्रपंक्तिमा जुध्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मी, सञ्चारकर्मी, ज्येष्ठ नागरिक लगायतलाई खोप लगाइएको थियो ।
















मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
विभागका महानिर्देशकलाई नाडाले भन्याे – भन्सार यार्डमै एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक छैन
अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया