नेप्सेमा लगातार वृद्धि, सूचक सम्मान

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक झिनो अंकले उकालो लागेपनि कुल नेप्से सूचक आइतबारको समान रहेको छ ।
नेप्से शुन्य दशमलब २१ अंकले उकालो लागेर कूल सुचक आइतबार समान २ हजार ९ सय ६ दशमलब ७ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब शुन्य १ प्रतिशतले धेरै रहेको स्टक एक्सचेञ्जले जनाएको छ ।
पोखरा फाईनान्स लिमिटेड, आईसीएफसी फाईनान्स लिमिटेड लगायत १७ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै फाईनान्स, विकास बैंक लगायत ७ क्षेत्रको उपसुचक बढेको छ ।
नेपाल पूनर्बीमा कम्पनीको सबैभन्दा धेरै ६२ करोड १७ लाख र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४६ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
सोमबार कूल २ सय २१ कम्पनीको १ लाख ५१ हजार ९ सय ४२ कारोबारबाट १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६३ रुपैयाँ बराबरका ३ करोड ५४ लाख ७४ हजार ४ सय १४ कित्ता शेयर खरिद बिक्रि भएका छन् ।
















वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया