सुदूरपश्चिमका मुख्यमन्त्रीको पक्षमा दुई तिहाई मत खस्दै, माधव नेपाल पक्षले मत दिने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता त्रिलोचन भट्टले प्रदेश सभा बैठकबाट विश्वासको मत लिन बैठक सुरु भएको छ । अहिले प्रदेश सभा बैठक चलिरहेको छ ।
मुख्यमन्त्री भट्टलाई नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र नेपाली कांग्रेसले विश्वासको मत दिने भएका छन् । कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टको सरकार ढल्न नदिने निर्णय गरेको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नेकपा एमाले प्रदेशसभा सदस्यलाई आह्वान गरे पनि नेता नेपाल पक्षले विश्वासको मत दिने भएका हुन् ।
सुदूरपश्चिम प्रदेश सभामा ५२ सदस्य छन् । जसमध्ये मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त गर्न २७ मत चाहिन्छ ।
जसमा एमालेका २४ जना र माओवादीका १३ जना छन् । यस्तै, कांग्रेसका १२ जना र जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई जना सदस्य छन् ।
एमालेका २४ मध्ये १६ सदस्य माधव नेपाल पक्षमा छन् । प्रधानमन्त्री ओली पक्षमा ८ जना मात्रै
यस्तै, १२ सदस्य रहेको कांग्रेसले पनि मुख्यमन्त्रीलाई भोट दिएमा उनलाई प्रदेश सभाको दुई तिहाइको समर्थन रहनेछ ।















निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ ः गृहमन्त्री अर्याल
विश्व जल तथा मौसम दिवस : विपद्बाट बचाउन सहयोगी बन्दै पूर्वसूचना प्रणाली
बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प
विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया