सुदूरपश्चिमका मुख्यमन्त्रीको पक्षमा दुई तिहाई मत खस्दै, माधव नेपाल पक्षले मत दिने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता त्रिलोचन भट्टले प्रदेश सभा बैठकबाट विश्वासको मत लिन बैठक सुरु भएको छ । अहिले प्रदेश सभा बैठक चलिरहेको छ ।
मुख्यमन्त्री भट्टलाई नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र नेपाली कांग्रेसले विश्वासको मत दिने भएका छन् । कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टको सरकार ढल्न नदिने निर्णय गरेको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नेकपा एमाले प्रदेशसभा सदस्यलाई आह्वान गरे पनि नेता नेपाल पक्षले विश्वासको मत दिने भएका हुन् ।
सुदूरपश्चिम प्रदेश सभामा ५२ सदस्य छन् । जसमध्ये मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त गर्न २७ मत चाहिन्छ ।
जसमा एमालेका २४ जना र माओवादीका १३ जना छन् । यस्तै, कांग्रेसका १२ जना र जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई जना सदस्य छन् ।
एमालेका २४ मध्ये १६ सदस्य माधव नेपाल पक्षमा छन् । प्रधानमन्त्री ओली पक्षमा ८ जना मात्रै
यस्तै, १२ सदस्य रहेको कांग्रेसले पनि मुख्यमन्त्रीलाई भोट दिएमा उनलाई प्रदेश सभाको दुई तिहाइको समर्थन रहनेछ ।













इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
देउवा निवासमा छलफलपछि ज्ञानेन्द्र कार्कीले भने – पार्टी एकढिक्का राख्न संवादको ढोका खुला छ
नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कोरला नाकामा ठूलो परिमाणमा भेप बरामद
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया