सुदूरपश्चिम प्रदेशमा मतदान प्रक्रिया सुरू
मेरोन्यूज
२०७८ जेठ २५ गते १२:२२

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको सम्बोधनपछि मतदान प्रक्रिया सुरू भएको छ । यसअघि प्रदेश सभामा मुख्यमन्त्री भट्टले विश्वासको मत मागेका थिए ।
सुदूरपश्चिम प्रदेश सभामा सम्बोदन गर्दै उनले आफूलाई विश्वासको मत दिन सांसदसँग आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेश सभाको बैठकमा बोल्दै मुख्यमन्त्री भट्टले सबैसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।
उनले सुदूरपश्चिममा ठूला-ठूला काम गर्नुपर्ने भएकाले यसका लागि संघीय सरकारसँग साझा संकल्पसहित सदनलाई एकतावद्ध गरेर अघि लिएर जान प्रतिवद्ध रहेका बताए । उनले आफूले कुनै दल विशेषलाई नभएर सबैसँग मत मागेको बताए ।
उनले भने, ‘सबैले मलाई विश्वासको मत दिनुस्, म सबै माननीयहरूको सुझावका आधारमा साझा एजेन्डा बनाएर काम गर्नेछु ।’
सम्बन्धित
















बाँकेमा रु तीन करोडभन्दा बढी जरिवाना असुल
२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार
C General Secretary urges govt to release Karki-led Commission’s report
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित
यामाहाद्वारा नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया