एमालेकै कारण जोगियो त्रिलोचन भट्टको मुख्यमन्त्री पद

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वास मत पाएका छन् ।
मुख्यमन्त्री भट्टले एमालेभित्रको विवादका कारण विश्वासको मत लिने घोषणा गरेका थिए । तर, एमालेकै सांसदका कारण मुख्यमन्त्रीमा भट्ट जोगिएका हुन् ।
प्रदेशसभामा भएको मतविभाजनमा मुख्यमन्त्रीको पक्षमा ३० मत खसेको थियो । यस्तै, विपक्षमा ९ मत पर्यो भने कांग्रेसका १२ सांसद मतदान प्रक्रियामा सहभागी भएका थिएनन् ।
मुख्यमन्त्रीलाई माओवादीसहित एमालेले समर्थन गर्ने निर्णय भएको थियो भने कांग्रेसले आवश्यकताअनुसार विश्वासको मत दिने निर्णय गरेको थियो । मुख्यमन्त्रीको पक्षमा विश्वासको मत पुग्ने भएपछि कांग्रेसले मत नहालेको स्रोतले जनाएको छ । ५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक रहेको थियो ।
प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल माओवादीका १३ सांसद छन् र एमालेका नेता माधव नेपाल पक्षका सांसदको मतसहित ३० मत पक्षमा खसेको हो । एमालेका २५ सांसदमध्ये ७ जनामात्र ओली पक्षका छन् ।











विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
ग्लोबल आइएमई बैंककाे १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया