एमालेकै कारण जोगियो त्रिलोचन भट्टको मुख्यमन्त्री पद

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वास मत पाएका छन् ।
मुख्यमन्त्री भट्टले एमालेभित्रको विवादका कारण विश्वासको मत लिने घोषणा गरेका थिए । तर, एमालेकै सांसदका कारण मुख्यमन्त्रीमा भट्ट जोगिएका हुन् ।
प्रदेशसभामा भएको मतविभाजनमा मुख्यमन्त्रीको पक्षमा ३० मत खसेको थियो । यस्तै, विपक्षमा ९ मत पर्यो भने कांग्रेसका १२ सांसद मतदान प्रक्रियामा सहभागी भएका थिएनन् ।
मुख्यमन्त्रीलाई माओवादीसहित एमालेले समर्थन गर्ने निर्णय भएको थियो भने कांग्रेसले आवश्यकताअनुसार विश्वासको मत दिने निर्णय गरेको थियो । मुख्यमन्त्रीको पक्षमा विश्वासको मत पुग्ने भएपछि कांग्रेसले मत नहालेको स्रोतले जनाएको छ । ५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक रहेको थियो ।
प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल माओवादीका १३ सांसद छन् र एमालेका नेता माधव नेपाल पक्षका सांसदको मतसहित ३० मत पक्षमा खसेको हो । एमालेका २५ सांसदमध्ये ७ जनामात्र ओली पक्षका छन् ।















निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ ः गृहमन्त्री अर्याल
विश्व जल तथा मौसम दिवस : विपद्बाट बचाउन सहयोगी बन्दै पूर्वसूचना प्रणाली
बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प
विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया