पेन्सन लिन सकस

लमजुङ । कोरोना संक्रमणका कारण जारी निषेधाज्ञामा सेवाग्राहीको भीड हुँदा सेवा निवृत्त कर्मचारीलाई पेन्सन लिन सकस भएको छ । लमजुङ बेँसीशहरको राष्ट्रिय बाणिज्य बैंक शाखामा एकै चोटी ठूलो भीडभाडमा कोरोना संक्रमणको जोखिम मोलेर पेन्सन लिनुपर्ने बाध्यता भएको छ ।
सेवा निवृत्त शिक्षक लेखनाथ शर्माले भीडभाडले जोखिम उच्च रहेकाले डराई डराई पेन्सन लिन बस्नुपरिरहेको र हामीलाई जागिर खानुभन्दा पनि पेन्सन लिन बढी सकस भएको धारणा राख्नुभयो । पूर्व प्रहरी हवल्दार शन्तबहादुर गुरुङ भने “कोरोना सङ्क्रमणका बेला कम भीडभाड हुन्छ होला भनेर पेन्सन लिन आएको, यहाँ त ठूलो भीडभाड पो रैछ ।” त्यस्तै,कमल लोहनी,रामबहादुर रावल लगायतले सरकारले व्यवस्थित रुपमा पेन्सन वितरणको व्यवस्था गरेको भए यस्तो समस्या भोग्नु नपर्ने धारणा राखे ।
राष्ट्रिय बाणिज्य बैंकका शाखा प्रमुख सोमनाथ पौडेलले पहिला दुई वटा काउन्टर मात्र सञ्चालन गर्दै आएपनि अहिले ६ वटा काउन्टरबाट पेन्सन लिन आएकालाई सेवा प्रवाह गरिरहेको र यस्तो भीड आगामी आइतबारसम्म पनि हुन सक्नेछ बताए । पेन्सन लिने २ हजार २०० जना रहेको राष्ट्रिय बाणिज्य बैंकले जनाएको छ । बैंकका अनुसार निषेधाज्ञाका कारण हप्तामा आइतबार र बिहिबार मात्र बैंक खुल्दा कर्मचारीलाई एक हप्ताको काम एक दिनमै गर्नुपर्ने बाध्यता भइरहेको छ ।
भीड बैंकले व्यवस्थापन गर्न नसकेपछि प्रहरी समेत परिचालन गरिएको थियो । रासस










आहा ! आलिताल
दक्षिण अफ्रिकाको बारमा गोली चल्याे, ९ जनाको मृत्यु, १० जना घाइते
भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया