मन्त्री थापा प्रदेशसभामा उपस्थित नगराउने सहमतिमा कर्णाली प्रदेशसभा बैठक शुरु
मेरोन्यूज
२०७८ जेठ २७ गते १७:०४

काठमाडौं । कर्णाली प्रदेश सभा बैठक शुरु भएको छ । भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापालाई प्रदेशसभा बैठकमा उपस्थित नहुने शर्तमा तीन दिनदेखि अवरुद्ध प्रदेशसभाको बैठक बिहीबार शुरु भएको हो ।
कर्णाली प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीका अनुसार सरकार पक्ष र नेकपा एमालेबीच मन्त्री थापालाई बैठकमा सहभागी नगराउने सहमति भएको छ । थापामाथिको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । जेठ ३० मा पेशीसमेत तोकिएको छ ।
प्रदेशसभाको आठौं अधिवेशनमा मन्त्री थापाको बर्खास्तीको माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध गदै आएको थियो।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्छ : गगन थापा
भारतमा सर्वाधिक बिक्री हुने सुजुकी एक्सेस १२५ सीसी स्कुटर अब नेपालमा
युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु
समपूरक र विशेष अनुदान लिन ३ हजार ५ सय आयोजना प्रस्ताव
मकवानपुरमा भिरबाट लडेर एक बालिकाको मृत्यु
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
हिन्दू र मुस्लिम समुदायबीच तनावपछि कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा अनिश्चितकालीन निषेधाज्ञा जारी
प्रतिक्रिया