सोमबार, चैत ९, २०८२

देउवा निवासमा फेरि जुट्दै विपक्षी ५ दल

मेरोन्यूज २०७८ जेठ २७ गते १७:३७

काठमाडौं । कांग्रेस सभापति शेरवहादुर देउवाको निवास वुढानिलकन्ठमा फेरि विपक्षी ५ दलका नेताहरु छलफलका लागि जुट्दै छन् । प्रधानमन्त्री केपी ओलीले आफै संसद विघटन गरेर चुनाव घोषणा गरिसकेको सन्दर्भमा र सर्वाेच्च अदालतले समेत सरकारसँग मन्त्रीपरिषद् विस्तारका विषयमा लिखित जवाफ माग गरेर छलफलका लागि दुवै पक्षलाई डाँकेको अवस्थामा पनि प्रधानमन्त्री ओलीले निरन्तर मन्त्रिपरिषद् विस्तार गर्ने, दुरगामी महत्वका निर्णयहरु लिने काम गरेपछि विपक्षी गठवन्धनहरु छलफलमा जुट्न लागेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

छलफलका लागि अहिले देउवा निवासमा विपक्षी गठवन्धनका नेताहरु पुग्ने क्रम जारी रहेको वुढानिलकन्ठस्थित स्रोतले बताएको छ ।

अहिलेसम्म छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड), एमालेको विद्रोही समुहका तर्फबाट माधव नेपाल, जनता समाजवादीबाट डा. बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल लगायतका नेता अहिले देउवा निवासमा पुगिसकेका छन् ।

विपक्षी गठवन्धनले सर्वाेच्च अदालतमा रहेको प्रतिनिधीसभा विघटन सम्वन्धी रिटमा अदालतले नदिएको अन्तरिम आदेश र असार ९ देखि निरन्तर गर्न लागेको सुनुवाई, अवको गण्डकी प्रदेश सरकार लगायतका समसमायिक विषयमा केन्द्रीत रहेर छलफल हुने बताईएको छ ।

पछिल्लो समय विपक्षी गठवन्धनको छलफलको केन्द्र देउवा निवास वन्दै आएको छ ।

प्रधानमन्त्री केपी ओली विरुद्धको रणनीति बनाउन विपक्षी गठवन्धनले देउवा निवासलाई केन्द्र बनाउँदै आईरहेका छन् ।

प्रतिक्रिया