नागरिक एपमा समस्या आए भाइबरबाट गुनासो गर्न सकिने

काठमाडाैं । ‘सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा’ भन्ने नाराका साथ सार्वजनिक गरिएको ‘नागरिक एप’ का प्रयोगकर्ताले भाइबरबाटै समस्या र जिज्ञासाहरू टिपाउन पाउने भएका छन् । सरकारले पूर्णरूपमा सार्वजनिक गरेको उक्त एप सञ्चालनमा देखिएका समस्या समाधानका लागि भाइबर हेल्प हेस्क शुरु गरेको हो ।
एपका प्रयोगकर्ताले एपको अफिसियल मोबाइल नम्बर +९७७–११२२३३४४५५ मा गुनासो तथा जिज्ञासा म्यासेज गरेर (मार्फत) टिपाउन सक्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलका अनुसार ११०१ वा ०१–५९७००४६ मा फोन गरेर समस्या टिपाउन सकिनेछ ।
गत माघ २ गते बेटा भर्सनको रूपमा सार्वजनिक भएको नागरिक एप गत वैशाख १९ गते पूर्णरूपमा सार्वजनिक गरिएको हो । नेपाल सरकारद्वारा प्रदान गरिने सबै किसीमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवाप्रवाह गर्ने भन्दै नागरिक एप सञ्चालनमा ल्याइएको थियो ।
पछिल्लो समय एपमा ‘पोलिस क्लियरेन्स रिपोर्ट’ र स्वास्थ्य बीमा कार्यक्रमसमेत नागरिक एपमा थपिएका छन् । एपबाटै ‘क्युआर स्क्यान’ गरेर नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोल्न सकिन्छ । शुरुआती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको थियो । नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा र दोस्रो चरणमा अर्ध सरकारी सेवाहरू समेटिने छन् ।
















धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया