निषेधाज्ञामा जारी छ निर्माणका काम

बागलुङ । मर्मत अभावमा जीर्ण बनेका बागलुङ नगर क्षेत्रका सडकको सुधारलाई तीव्रता दिइएको छ । सडक बोर्ड नेपाल र नगरपालिकाको लागत साझेदारीमा सडक मर्मत सुधारको काम भइरहेको हो ।
निषेधाज्ञाबीच पहिलो चरणमा सदरमुकामभित्रका सडकमा काम भइरहेको नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्षभित्र १४ वटै वडाका पक्की सडकमा मर्मत सुधारको काम हुने इञ्जीनियर मनोज शर्माले बताए ।
उनका अनुसार यस योजनाका लागि बोर्डको ९२ लाख रुपैयाँमा नगरपालिकाको ३५ प्रतिशत थप लागत परेको छ । बोलपत्रमार्फत आरएस निर्माण सेवाले कामको जिम्मा पाएको थियो । “बजारपछि ग्रामीण भेगका सडकको मर्मत शुरु हुन्छ”, इञ्जीनियर शर्माले भने ।
यसअघि कालोपत्र भएर पनि भत्केका, खाल्डाखुल्डी परेका सडकको मात्र मर्मत गरिने निर्माण व्यवसायी राजिन खड्काले बताए । “क्षतविक्षत नै भएको, धेरै बिग्रेको ठाउँमा कालोपत्र नै हुन्छ, कतै खाल्डाखुल्डी पुरेर सामान्य मर्मत मात्र गरिन्छ”, उनले भने । व
डा नं २ को अदालतचोकबाट–धवलागिरि अस्पताल र गोदामघरबाट सिर्जनाटोलसम्मको सडक कालोपत्र भइसकेको छ । बेलैमा मर्मत नहुँदा ती सडक जीर्ण बनेका थिए ।
कालोपत्र भत्केर सडकभरि खाल्डैखाल्डा थिए । गोल्डेनगेट चोक, ट्राफिक चोकको घुम्तीबाट मगर सङ्घको कार्यालय जोड्ने सडक पनि मर्मतकै चरणमा छ ।












एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया