सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै
छलफलका एजेन्डा के के छन त ?

काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् ।
प्रतिनिधि सभा विघटनपछि पूर्वसभामुख एव कानुन व्यवसायीसँग चरणवद्ध छलफलमा जुटेका सभामुख सापकोटाले आज प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई छलफलमा बोलाएका हुन् ।
विघटित प्रतिनिधि सभामा नेकपा एमाले, नेपाली कांग्रेस माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र नेपाल मजदुर किसान पार्टी नेमकिपाको प्रतिनिधित्व थियो ।
बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने सभाुमखेको सचिवालयले जनाएको छ । सापकोटाले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधि सभा विघटन गरी कार्तिक २६ र मङ्सिर ३ गतेको लागि चुनावको मिति तय गरेपछि सापकोटाले आगामी कदमको बारेमा परामर्श लिन यस अघि पूर्वसभामुखहरु, कानुन व्यवसायी एवं राजनीतिक दलका नेताहरुसँग छुट्टाछुट्टै भेट गरेका थिए ।
प्रतिनिधि सभा विघटन भएपछिको अवस्थाका बारेमा जाको बैठकमा छलफल हुने सभामुख सापकोटा संचारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
















भुटानमाथि नेपालको जित
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
झापामा दुई शव फेला
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
प्रतिक्रिया