गण्डकी प्रदेशमा नयाँ सरकारको दाबी पेश हुँदै

काठमाडौँ । गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले आज शुक्रबार नयाँ सरकार गठन गर्न दाबी पेश गर्ने भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलद्वारा २४ घण्टाभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै गठबन्धनले दाबी पेस गर्ने भएको हो ।
गठबन्धन पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र जनमोर्चा सम्मिलित रहेको छ । गठबन्धनका बहुमत सांसद शशरीर शुक्रबार अपरान्ह ५ बजेपछि प्रदेश प्रमुखको कार्यालय जाने भएका छन् ।
त्यसका लागि प्रदेश प्रमुख पौडेलसँग समय मागिएको छ । गठबन्धनको पक्षबाट कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा प्रस्तावित गरी दाबी पेस गर्ने तयारी भएको छ ।
आज मात्र प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (५) बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।
गण्डकी प्रदेशमा कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद एक गरी कुल ३१ सांसद हस्ताक्षरसहित दाबी पेस गरिँदैछ ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया