पूर्वमन्त्री पुनले रूकुम पूर्वलाई दिए २० थान अक्सिजन कन्सन्ट्रेटर

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री गणेशमान पुनको पहलमा एमआइटी ग्रुप फाउन्डेशन अष्ट्रेलियाले रूकुम पूर्वमा १० लिटर क्षमताका २० थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको हो ।
फाउन्डेशनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको अनुमतिमा स्वास्थ्य सेवा विभागको सहकार्यमा धेरैजसो जिल्लालाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको हो । फाउन्डेसन र सिपीआईले संयुक्त रुपमा हिमाली तथा विभिन्न जिल्लालाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको हो ।
एमआइटीका कन्ट्री प्रमुख सुरेश चित्रकार, एडभाइजर श्याम तामाङ र कम्युनिटी पार्ट्नर इन्टरनेश्नल (सिपीआई)का विजय निरौला लगाएतले अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउन सहयोग गरेको नेता पुनले जनाए । फाउन्डेशनले उपलब्ध गराएको स्वास्थ्य सामाग्री लुम्बिनी प्रदेश ग्रामीण विकास कार्यक्रम रुकुम (पूर्व) का सहजकर्ता लिलामणी गौतमले बुझेको उनले जनाए ।
एमआइटी ग्रुप फाउन्डेशन गैर आवासीय नेपाली शेष घलेको हो ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया