पूर्वमन्त्री पुनले रूकुम पूर्वलाई दिए २० थान अक्सिजन कन्सन्ट्रेटर

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री गणेशमान पुनको पहलमा एमआइटी ग्रुप फाउन्डेशन अष्ट्रेलियाले रूकुम पूर्वमा १० लिटर क्षमताका २० थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको हो ।
फाउन्डेशनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको अनुमतिमा स्वास्थ्य सेवा विभागको सहकार्यमा धेरैजसो जिल्लालाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको हो । फाउन्डेसन र सिपीआईले संयुक्त रुपमा हिमाली तथा विभिन्न जिल्लालाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको हो ।
एमआइटीका कन्ट्री प्रमुख सुरेश चित्रकार, एडभाइजर श्याम तामाङ र कम्युनिटी पार्ट्नर इन्टरनेश्नल (सिपीआई)का विजय निरौला लगाएतले अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउन सहयोग गरेको नेता पुनले जनाए । फाउन्डेशनले उपलब्ध गराएको स्वास्थ्य सामाग्री लुम्बिनी प्रदेश ग्रामीण विकास कार्यक्रम रुकुम (पूर्व) का सहजकर्ता लिलामणी गौतमले बुझेको उनले जनाए ।
एमआइटी ग्रुप फाउन्डेशन गैर आवासीय नेपाली शेष घलेको हो ।
















प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया