ठेकेदारकाे लापरबाहीका कारण कालोपत्रे गरेको महिना दिन नपुग्दै उप्कियाे

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका– ५ मा काम सम्पन्न भएको महिना दिन नपुग्दै सडकको कालोपत्रे उप्किन थालेपछि स्थानीयवासीले मापदण्ड अनुसार काम नभएको भन्दै विरोध गरेका छन् । सडकको निर्माणको ठेक्का पाएको बस्नेत बिल्डर्स, कञ्चनपुरबाट गुणस्तरीय काम नगरेको भन्दै स्थानीयवासीले विरोध गरेका हुन् ।
गाउँपालिकाको २ हजार ७ सय ४० मिटर सडक कालोपत्रे गर्ने १ करोड ९५ लाख २५ हजार ३ सय रुपैयाँमा ठेक्का सम्झौता गरेको सो कम्पनीले गरेको कालोपत्रे एक महिना नपुग्दै उप्किन थालेपछि गाउँपालिकाको प्राविधिक टोलीले अनुगमन गरी सडकको गुणस्तर सुधार हुने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ ।
निर्माण कम्पनीले हालसम्म निर्माण गरेको १ हजार २ सय ३५ मिटर सडकमध्ये करिब ३ सय मिटरको कालोपत्रेमा समस्या देखिएको पालिकाको प्राविधिक टोलीको भनाइ छ । सडकको बेस निर्माणमा कमसल कच्चा पदार्थ बढी प्रयोग गरेको तथा रोलरको कम प्रयोग गरेका कारण समस्या देखिएको पालिकाका इञ्जिनीयर नवीनकुमार सिंहले बताए ।
अब सडकको गुणस्तर सुधारका लागि पुनः बेसमा रोलर लगाएर काम गर्न आवश्यक देखिएको सिंहको भनाइ छ । निर्माण कम्पनीका सञ्चालक नरेन्द्र बस्नेतले मापदण्ड भन्दा बढी कच्चा पदार्थको प्रयोग गरेको सिंहले दाबी गरे । मापदण्डभित्रको अधिकांश क्षेत्रमा राम्रो काम भएको भएपनि आफू बाहिर हुँदा कामदारको लापरबाहीका कारण केही क्षेत्रमा समस्या देखिएको र निरन्तर सुधार गर्दै आएको भन्दै सञ्चालक बस्नेतले थप समस्या देखिएको ठाउँमा पुन सुधार गर्ने प्रतिबद्धता जनाए ।
बर्दगोरिया गाउँपालिकाको चालु आर्थिक वर्ष २०७७/०७८ मा २ हजार ७ सय ४० मिटर सडक कालोपत्रेको योजना अनुसार बर्दगोरिया गाउँपालिका– ५ मा ६२ लाख ५६ हजार ९ सय रुपैयाँको लागतमा १ हजार २ सय ३५ मिटर गाउँपालिका– १ स्थित बास्कोटीमा ५६ लाख २ हजार ८ सय रुपैयाँको लागतमा १ हजार ५० मिटर र गाउँपालिका– ४ को मुडा बजार–तल्ला पानी सडक खण्ड ७६ लाख ६५ हजार ४ सय रुपैयाँको लागतमा ४ सय ५५ मिटर सडक कालोपत्रे सहित एक रिटेनिङ वाल समेत निर्माण हुने भएको हो ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया