प्रधानमन्त्री विरुद्ध बागमति प्रदेश सभामा आपत्तिजनक अभिब्यक्ति

काठमाडौं । बागमति प्रदेश सभाको बैठकमा कांग्रेस सांसद नरोत्तम बैद्यले प्रधानमन्त्री केपी ओली विरुद्ध आपत्तिजनक अभिब्यक्ति दिएका छन् । उनको अभिब्यक्तिलाई लिएर उनकै पार्टी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समेत शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन गरेका छन् ।
प्रदेश सभा बैठकमा प्रधानमन्त्रीमाथी आपत्तिजनक अभिब्यक्ति दिईरहँदा सम्म न सभामुखले नै रोकेका थिए, न कुनै पनि सांसदले नियमापत्ति जनाएका थिए । त्यसैमा उत्तेजनामा आएर बैद्यले प्रधानमन्त्रीमाथी आपत्तिजनक अभिब्यक्ति दिएका हुन् ।
वैद्यले शुक्रबार प्रदेश सभाको बैठकमा बोल्दै प्रधानमन्त्री विरुद्ध ‘नाथुराम गोड्से हुन तयार रहेको’ विवादास्पद अभिव्यक्ति दिएका थिए । उक्त विवादित र आपत्तिजनक अभिव्यक्तिको अहिले समाजिक सन्जालमा आलोचना भईरहेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘सडकमा राख्नुपर्ने संयम संसद्मा गुमाउन पाइन्न’ भन्दै आत्मालोचना गर्न भनेका छन् । शर्माले भनेका छन्, ‘आवेगको बोली र व्यवहार भावनात्मक उत्तेजना भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन।’
उनले प्रदेश सभा बैठकमा त्यस्तो विवादास्पद अभिब्यीक्त दिईरहँदा चुपचाप बसेको एमाले सांसदले सामाजिक सन्जालमा चर्काे आलोचना भएपछि भने यसलाई राजनीतिक मसला बनाउने तयारी गरेको छ ।
के भनेका थिए बैद्यले ?
ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है, अब यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ?














दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
टोखाबाट यसवर्ष पाँच करोड बढीको चाकू बिक्री
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
प्रतिक्रिया