कांग्रेस महाधिवेशन
कांग्रेसको महाधिवेशन मिति फेर्ने तयारी
भदौं १९ गते उदघाटन गर्नेगरी सार्ने, अधिवेशनका कार्यतालिका पनि खुम्च्याइने

काठमाडौं । नेपाली कांग्रेसले पाटीएको १४ औं महाधिवेशनको मिति परिवर्तन गर्ने भएको छ । आगामी भदौ ७-१० मा महाधिवेशनको मिति तय गरेको कांग्रेसले त्यो मिति परिवर्तन गरेर १९ भदौसम्म पुरयाउने तयारी गरेको हो ।
नेपालको संविधान २०७२ अनुसार कांग्रेसले महाधिवेशनको मिति भदौ १९ भन्दा पर सार्न नमिल्ने भएकाले त्यहाँसम्म सारेर अहिले तय भएको आन्तरिक कार्यतालिका खुम्च्याएर चसरी भए पनि महाधिवेशन गर्ने तयारीमा आफूहरू लागेको केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए । त्यससम्बन्धमा सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको अनौपचारिक बैठक बोलाएर निर्देशन दिइसकेको र आज बस्ने पदाधिकारीको औपचारिक बैठकले औपचारिक प्रस्ताव बनाएर केन्द्रीय समितिमा पेस गरिने बताए ।
‘कोभिड १९ महामारीका कारण निर्धारित कार्यतालिका अनुरुप काम गर्न सकिएन । पार्टी महाधिवेशनको आन्तरिक कार्यतालिका र महाधिवेशनकै मिति पनि १० दिन जति पर सार्ने तयारीमा हामी लागेका छौ,’ सभापति देउवा निकट केन्द्रीय सदस्य साउदले मेरोन्यूजसँग भने, ‘आन्तरिक कार्यतालिका पनि खुम्च्याउँछौं ।’
यसअघि, ६ फागुन २०७७ मा कांग्रेसले केन्द्रीय समितिबाट ७–१० भदौ २०७८ मा गर्ने निर्णय गरेको थियो । महाधिवेशन कार्यतालिका सामान्य संशोधनका लागि पहिले पदाधिकारी बैठकले सिफारिस गर्ने र केन्द्रीय समिति बैठकले निर्णय गर्ने साउदले बताए ।
‘सभापतिले पनि भनिसक्नुभयो, महाधिवेशन भदौभित्रै हुन्छ, तर पूर्वनिर्धारित मिति केही पर सर्छ, त्यो भनेको १९ गते उदघाटन गर्नेगरी सार्ने हो,’ साउदले भने ।
यसअघि, कांग्रेसले ६ फागुन २०७७ मा बनाएको महाधिवेशन कार्यतालिका अनुरुप ५ असारमा वडा, ७ असारमा गाउँ-नगर, १ साउनमा प्रदेश सभा क्षेत्रीय, ३ साउनमा प्रतिनिधिसभा क्षेत्रीय र एकमात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला र ६ साउनमा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला अधिवेशन गर्ने उल्लेख छ । १० र ११ साउनमा प्रदेश अधिवेशन र ७, ८, ९ र १० भदौमा केन्द्रीय महाधिवेशन गर्नेगरी कार्यतालिका त्यो बैठकले तय गरेको थियो । ती सबै कार्यतालिका परिवर्तन गरिने साउदले बताए ।
कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरण अन्तिम सूची केन्द्रमा तोकिएको समय प्राप्त नभएपछि पूर्वनिर्धारित कार्यतालिकामा केही परिमार्जन गरेर भदौभित्रै महाधिवेशन गर्नेगरी तयारी गरेको हो ।
पहिलाको महाधिवेशन र अधिवेशन कार्यतालिका यस्तो थियो

















कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्छ : गगन थापा
भारतमा सर्वाधिक बिक्री हुने सुजुकी एक्सेस १२५ सीसी स्कुटर अब नेपालमा
युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु
समपूरक र विशेष अनुदान लिन ३ हजार ५ सय आयोजना प्रस्ताव
मकवानपुरमा भिरबाट लडेर एक बालिकाको मृत्यु
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
हिन्दू र मुस्लिम समुदायबीच तनावपछि कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा अनिश्चितकालीन निषेधाज्ञा जारी
प्रतिक्रिया