युरोकपमा आज तीन खेल हुँदै
मेरोन्यूज
२०७८ जेठ २९ गते १६:१०

काठमाडौं । युरोकप फुटबल २०२० अन्तर्गत आज तीन खेल हुँदैछन् । शुक्रबारदेखि सुरु भएको १६औं संस्करणको युरोकपमा दोस्रो दिन आज तीन खेल हँदैछन् ।
बेलुकी ६ः४५ बजे हुने पहिलो खेलमा वेल्स र स्विजरल्याण्ड खेल्दैछन् । विश्व वरीयतामा स्विजरल्याण्ड १३ औं स्थानमा छ भने वेल्स १७ औं स्थानमा छ । आजै राति ९ः४५ बजे हुने दोस्रो खेलमा डेनमार्क र फिनल्याण्ड खेल्दैछन् । यस्तै आजको अन्तिम खेल बेल्जियम र रुसको राति १२ः४५ बजे सुरु हुनेछ ।
विश्व वरीयताको शीर्ष स्थानमा गएरातिको उद्घाटन खेलमा इटलीले टर्कीलाई ३-० गोलले हराएको थियो । प्रतियोगितामा युरोपका २४ देश सहभागी भएका छन् । जुलाई १२ गतेसम्म हुने खेल विभिन्न ११ सहरमा सञ्चालन हुनेछ ।
सम्बन्धित

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया