बुधबार, जेठ ७, २०८२

प्रदेश प्रमुखको कार्यालय पुगे विपक्षी गठबन्धन

मेरोन्यूज २०७८ जेठ २९ गते १६:२५
फाइल फोटो

काठमाडौँ । मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेपछि विपक्षी गठबन्धनका सांसदहरू प्रदेश प्रमुख कार्यालय पुगेका छन् ।

गुरुङले बहुमत जुटाउनका लागि जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको नाममा नक्कली दाबी गरेको आरोप विपक्षी गठबन्धनले लगाएको छ ।

विपक्षी गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेश गरेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गुरुङको कदमलाई लिएर आपत्ति जनाएका छन् ।

यो पनि पढ्नुहोस् : गण्डकी प्रदेशमा फेरि नयाँ ट्वीष्ट : पृथ्वीसुब्बा गुरुङले पनि गरे सरकारमा दावी

प्रतिक्रिया