ओलीकाे गलत कृत्यमा संलग्न नहुन राज्यसंयन्त्रलाई पाँच पूर्वप्रधानमन्त्रीकाे चेतावनी
ओलीकाे निरंकुशता विरूद्ध उत्रन आम जनसमुदाय, नागरिक समाज, बाैद्धिक वर्गसँग अपिल

काठमाडाैं । पाँच पूर्वप्रधानमन्त्रीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीकाे गलत कृत्यमा संलग्न नहुन राज्यसंयन्त्रलाई चेतावनी दिएका छन् ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकलम दाहाल (प्रचण्ड), मावधुमार नेपाल, झलनाथ खनाल र डा बाबुराम भट्टराईले आज संयुक्त वक्तव्य जारी गर्दै ओलीका विवादास्पत तथा जनविराेधी कामलाई राज्य संयन्त्रले मुकदर्शक भएर हेरेकाे भन्दै उनीहरूले काम चलाउ सरकारका निर्णयकाे प्रतिकार गर्न उनीहरूले सचेत गराएका हुन् ।
उनीहरूले संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यमाथि भइरहेको निरंकुश हमलाका विरुद्ध ऐक्यवद्धता जनाउन नेपाली जनता, नागरिक समाज र सम्पूर्ण लोकतन्त्रवादी शक्तिसँग अपिल गरेका छन् ।
‘काम चलाउ स्थितिमा रहेको सरकारबाट देश र जनतालाई असर पार्ने गरी दीर्घकालीन प्रकृतिका काम नगर्न र नगराउन चेतावनी दिँदै यसप्रकारमा गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकाय लगायत राज्यका अन्य निकायहरुलाई समेत आग्रह गर्दछौं’, वक्तव्यमा भनिएकाे छ ।
प्रधानमन्त्रीका गलत क्रियाकलापका कारण देशले अस्थिर र अन्योल ग्रस्त राजनीतिक स्थितिको सामना गरिरहेको बेला काम चलाउ सरकारले घाटा बजेट पूर्ति गर्ने निहुँमा देशका विभिन्न भागबाट ढुंगा, वालुवा र गिटी उत्खनन् गरी विदेशमा निकासी गर्ने राष्ट्रहित र जनविरोधी निर्णय गरेको भन्दै उनीहरूले उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । ‘आफ्नो घरमा आगो लगाएर अरुको हितका लागि खरानी बेच्ने जस्तो सरकारको उक्त निर्णयको तीब्र विरोध गर्दै तत्काल त्यस्तो निर्णय खारेज गर्न माग गर्दछौं’, उनीहरूले भनेका छन् ।

















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया