देशमा देखिएको भाइरसबाट पार्टी जोगाऔँ : अध्यक्ष थापा
मेरोन्यूज
२०७८ जेठ ३० गते १४:३७

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीलाई अग्रणी शक्ति बनाउन समय नलाग्ने बताएका छन् । उनले देशमा देखिएको राजनीतिक गतिरोधलाई भाइरसको उपमा दिँदै यसबाट आफ्नो पार्टीलाई जोगाउने पहिलो प्राथमिकता भएको बताए ।
यस्तै, उनले राज संस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुने विश्वास व्यक्त गरे । ‘यदाकदा देखिएको भाइरस प्रवृत्तिबाट पार्टी जोगाउन सक्यौँ भने राज संस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुन तथा राप्रपालाई अग्रणी शक्ति बनाउन समय लाग्दैन,’ उनले भने ।
आफ्नो सामाजिक सञ्जालमा लेख्दै उनले थपे, ‘गणतन्त्र, संघीयता र धर्म निरपेक्षता आफ्नै अन्तर्विरोध र असफलताबाट धराशयी हुनु अवश्यभावी छ, विगतका घटनाक्रम यसको प्रमाण हो ।’
सम्बन्धित










पाल्पामा दाङबाट आएका विद्यार्थी बोकेको बस दुर्घटना
नियमविपरीत ड्रोन उडान बढेपछि प्रशासनको कडाइ, अनुमतिबिना उडानमा रोक
खेलाडीको वृत्तिविकासका लागि एनपिएल महत्वपूर्णः कप्तान पौडेल
कोप-३० सम्मेलन आयोजना स्थलमा आगलागी, १३ जना घाइते
छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया