बिहीबार, मंसिर ४, २०८२

लुम्बिनी प्रदेश सरकारलाई राहत, नीति तथा कार्यक्रम पारित

मेरोन्यूज २०७८ जेठ ३० गते १४:५५

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा बहुमतले नीति तथा कार्यक्रम पारित भएको हो ।

योसँगै लुम्बिनी प्रदेश सरकारले आगामी वर्षका लागि बजेट ल्याउने बाटो खुलेको छ । यस्तै मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई राहत मिलेको छ ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश संसदीय दलले सरकारले पेश गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको थियो ।

सरकारका तर्फबाट प्रदेश प्रमुख धर्मनाथ यादवले गत जेठ २५ गते प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम पारित भएको हो ।

प्रतिक्रिया