प्रदेश २ : नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न जसपाको ह्वीप
मेरोन्यूज
२०७८ जेठ ३० गते १५:०७

जनकपुर । प्रदेश २ को प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न जनता समाजवादी पार्टी जसपाको संसदीय दलले ह्वीप जारी गरेको छ ।
आज बसेको जसपा संसदीय दलको बैठकले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । आज बस्न प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरिने जनाइएको छ । जसपा भित्रको अन्तरकलहले नीति तथा कार्यक्रम पारित हुन कठिनाई देखिएपछि मुख्यमन्त्री लालबाबु राउतले ह्वीप जारी गरेका हुन् ।
यस्तै जसपा महन्थ ठाकुर पक्षले पनि नीति तथा कार्यक्रको पक्षमा मतदान गर्ने जनाइएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी पनि सरकारमा रहेकाले उनीहरुले पनि नीति तथा कार्यक्रको पक्षमा नै मतदान गर्ने सम्भावना रहेको छ ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया