विज्ञापन व्यवसायीलाई उपेक्षा गर्यो : विज्ञापन संघ

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले विज्ञापन व्यवसायीलाई उपेक्षा गरी एकद्वार नीति ल्याउन लागिएको भन्दै विरोध जनाएको छ ।
आइतबार नेपाल विज्ञापन संघका अध्यक्ष सोम धितालले विज्ञापन बोर्डले ऐन, कानुन तथा निर्देशिका बनाउँदा विज्ञापन एजेन्सीको भुमिकालाई खुम्च्याउने गरेको आरोप लगाए । उनले ऐन, कानुनलाई विज्ञापन व्यवसायीमैत्री बनाउनुपर्नेमा जोड दिए ।
अध्यक्ष धितालले बोर्डले सरकारी विज्ञापन दामासाही तरीकाले बाड्नुपर्ने धारणा राखेकाले सञ्चारमाध्यमको प्रभाव, पहुँचका आधारमा दिनुपर्नेमा जोड दिए ।
आनका अध्यक्ष धितालले विज्ञापनमा एकद्वार नीति सञ्चार माध्यम, विज्ञापन व्यवसायी र सरकार सबैको लागि प्रत्युत्पादक रहेको उल्लेख गरे ।
उनले भने,“एकद्वार नीति एकदमै प्रत्युत्पादक छ । सञ्चारमाध्यमलाई पनि र सरकारलाई पनि प्रत्युत्पादक छ । त्यसैले यो व्यवस्था अनुसार हुनुहुँदैन भन्ने हाम्रो माग हो । त्यसैले एकद्वार प्रणाली खारेज गर्नुपर्छ । विज्ञापन क्षेत्रको उत्थानका लागि विज्ञापन बोर्डले काम गर्नुपर्छ ।”
विज्ञापन क्षेत्रको विस्तारका लागि मिडियाको उन्नतिको लागि, विज्ञापन व्यवसायीहरुको स्तरोन्नतिको लागि विज्ञापन बोर्डले काम गर्नुपर्ने अध्यक्ष धितालको दाबी थियो ।














नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे नियुक्त
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
प्रतिक्रिया