कोरोनाविरुद्ध एक अर्ब खोप दिने विश्वका धनी देशको घोषणा
मेरोन्यूज
२०७८ जेठ ३० गते २०:२१

काठमाडौँ । विश्वका धनी राष्ट्रहरूको समूह जी ७ को बैठकपश्चात् आयोजित पत्रकार सम्मेलनमा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरस (कोभिड १९)विरुद्ध एक अर्ब खोप दिने बताएका छन् । पत्रकारसँग बोल्दै उनले विपन्न राष्ट्रहरूलाई कोभिडविरुद्ध एक अर्ब मात्रा खोप दिने बताएका हुन् ।
एक अर्ब खोपमध्ये बेलायतले मात्रै १० करोड मात्रा खोप दिने उनले बताएका छन् । विश्वलाई खोप लगाउने यो अर्को महत्त्वपूर्ण कदम हो, उनले भने ।
अक्सफर्ड आस्ट्राजेनेकाले विकास गरेको खोप लागत मूल्यमा नै बेचिएकाले निकै लोकप्रिय रहेको बताउँदै प्रधानमन्त्री जोनसनले आस्ट्राजेनेकाको कदमलाई ‘उदारतापूर्ण कार्य’ भएको बताएका थिए ।
उनले कोभ्याक्स सुविधाअन्तर्गत दिइएका खोपमध्ये ९६ प्रतिशत अक्सफर्ड आस्ट्राजेनेका रहेको उल्लेख गरेका थिए । एजेन्सी
सम्बन्धित

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया