निजामती कर्मचारीलाई दिएको सुविधा शिक्षकलाई पनि दिनु : कांग्रेस
काठमाडौँ । गत जेठ १५ गते प्रस्तुत भएको बजेट भाषणमा अर्थ मन्त्री विष्णु पौडेलले आन्तरिक पर्यटनको विकास गर्न निजामती कर्मचारीहरूलाई तलबसहित १० दिन भ्रमण गर्न दिने बताएका थिए । तर, ती कर्मचारीले भ्रमणका लागि आफ्नो गृह जिल्ला र ससुराली वा माइती जिल्ला रोज्न नपाउने भएका थिए ।
सरकारले निजामती कर्मचारीलाई लक्षित गरी ल्याइएको यस सुविधा शिक्षक र प्राध्यापकलाई भने समेट्न सकेको थिएन् । जसलाई नेपाली कांग्रेसले निजामती कर्मचारीका लागि मात्र दिइएको यस प्रकारको सुविधा शिक्षक र प्राध्यापकलाई पनि दिन आग्रह गरेको छ ।
कांग्रेस शिक्षा विभागका सचिव डा कृष्णप्रसाद रिजालले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले बजेटमार्फत् निजामती कर्मचारीको लागि मात्र दिएको उक्त सुविधा शिक्षक र
प्राध्यापकलाई पनि दिनु पर्ने माग राखेको हो ।
‘अध्यादेशमार्फत् ल्याइएको आर्थिक वर्ष २०७८/७९ को बजेटमा निजामती सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरिने सेवा तथा सुविधामा शिक्षक र प्राध्यापकलाई विभेद गरेको छ । निजामती कर्मचारीलाई १० लाखको सामूहिक दुर्घटना बिमा र एक लाख रूपैयाँको स्वास्थ्य बिमा प्रिमियम बापतको रकम नेपाल सरकारे व्यहोर्ने निर्णय गरे पनि सोबाट समेत शिक्षक र प्राध्यापकलाई बञ्चित गरिएकोमा विभाग खेद प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
















अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
तामाकोशी दुर्घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त
नेकपाको प्रतिबद्धता : ५ लाखलाई रोजगारी, १० प्रतिशत आर्थिक वृद्धि
नेपाली कम्युनिष्ट पार्टीकाे ‘प्रतिबद्धतापत्र’ सार्वजनिक
सरकारले आय–व्ययको अनुमान घटायो
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
प्रतिक्रिया