डा. भट्टराईले गरे सरकारविरूद्ध अर्को पुस्ता लड्नु पर्ने संकेत

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले देशमा परिवर्तनका लागि अर्को पुस्ता लड्ने पर्ने संकेत गरेका छन् । आधुनिक नेपाल राज्यको निर्माणपछि सबैभन्दा ठूलो परिघटना जनयुद्ध, जनआन्दोलन, मधेश विद्रोहको बलमा संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भए पनि प्रतिक्रान्तिकारीका कारण नयाँ पुस्ता लड्ने पर्ने संकेत गरेका हुन् ।
उनले आफ्नो सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रान्तिकारी सत्तामा र क्रान्तिकारी सडकमा हुनु नै विडम्बना भएकोसमेत बताएका छन् । उनले भने, ‘आधुनिक नेपाल राज्यको निर्माणपछि सबभन्दा ठूलो परिघटना जनयुद्ध, जनआन्दोलन र मधेश विद्रोहको बलमा संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनु नै हो ।’
डा. भट्टराईले थपे, ‘तर विडम्बनाः प्रतिक्रान्तिकारी सत्तामा, क्रान्तिकारी सडकमा, दलाल हिरो, देशभक्त भिलियन सावधान : अर्को पुस्ता लड्न नपरोस् !’
















निर्वाचन आचारसंहिताविपरीत गतिविधि नगर्न रास्वपालाई नवलपरासी प्रशासनको आग्रह
मतदानस्थालको निरीक्षणसँगै सुरक्षाको व्यवस्थालाई बलियो बनाइँदै
बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो : पोखरा र काठमाडौँ पठाउनुपर्ने बाध्यता अन्त्य
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
प्रतिक्रिया