डा. भट्टराईले गरे सरकारविरूद्ध अर्को पुस्ता लड्नु पर्ने संकेत

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले देशमा परिवर्तनका लागि अर्को पुस्ता लड्ने पर्ने संकेत गरेका छन् । आधुनिक नेपाल राज्यको निर्माणपछि सबैभन्दा ठूलो परिघटना जनयुद्ध, जनआन्दोलन, मधेश विद्रोहको बलमा संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भए पनि प्रतिक्रान्तिकारीका कारण नयाँ पुस्ता लड्ने पर्ने संकेत गरेका हुन् ।
उनले आफ्नो सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रान्तिकारी सत्तामा र क्रान्तिकारी सडकमा हुनु नै विडम्बना भएकोसमेत बताएका छन् । उनले भने, ‘आधुनिक नेपाल राज्यको निर्माणपछि सबभन्दा ठूलो परिघटना जनयुद्ध, जनआन्दोलन र मधेश विद्रोहको बलमा संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनु नै हो ।’
डा. भट्टराईले थपे, ‘तर विडम्बनाः प्रतिक्रान्तिकारी सत्तामा, क्रान्तिकारी सडकमा, दलाल हिरो, देशभक्त भिलियन सावधान : अर्को पुस्ता लड्न नपरोस् !’










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया