बामदेव गौतम र विष्णु पौडेलबीच ४ घण्टा छलफल

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम र उप प्रधानमन्त्रीसमेत रहेका विष्णु पौडेलबीच ४ घण्टा लामो भेटवार्ता भएको छ । उनीहरूबीच सोमबार बिहान गौतम निवासमा भेट भएका हुन् ।
दुई नेताबीच करिब ४ घण्टा भेटवार्ता भएको उपाध्यक्ष गौतमको सचिवालयले जानकारी दिएको छ ।
सर्वोच्च अदालतले एमाले महाधिवेशन आयोजक कमिटीका नाममा भएका कारबाहीका निर्णयलाई मान्यता नदिने आदेशसँगै दुई नेताबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सर्वोच्चको आदेशसँगै २०७५ जेठ २ कै अवस्थामा पार्टी संरचनामा बैठक बोलाउनेबारे छलफल भएको जनाइएको छ ।
सर्वोच्चको आदेशसँगै पार्टीमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षमा अलमल देखिएको छ । त्यसका लागि ओलीले आफू निकटका नेताहरूसँग परामर्श गरिरहेका छन् । सोही क्रममा ओलीले आफू निकट नेता पौडेललाई गौतमसँग भेट्न गर्न पठाएका हुन् ।
















खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराई भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
प्रतिक्रिया