जनमोर्चाका प्रदेश सांसद कृष्ण थापालाई पदमुक्त गर्ने निर्णय सर्वोच्चद्वारा सदर

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापालाई पदमुक्त गर्ने निर्णय सदर गरेको छ । राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयले उनलाई दोस्रोपटक पदमुक्त गरेको थियो ।
सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई उनको पार्टीले गरेको निष्कासनको कारबाही कानुन बमोजिम रहेको ठहर गरेको हो ।
सांसद थापाले गत २७ गते प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले लिएको विश्वासको मतमा लिने मतदानमा तटस्थ बसेका थिए । विपक्षमा भोट हाल्ने पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै उनलाई पार्टीले सांसदबाट हटाउँदै पार्टीबाट समेत निष्कासन गरेको थियो ।
‘यसअघिको अन्तरिम आदेशपछि परिस्थितिमा परिवर्तन भई हाल विपक्षी निवेदक कृष्ण थापा गण्डकी प्रदेशसभा सदस्यबाट हटिसकेको भन्ने तथ्यमा विवाद देखिएन, यस अवस्थामा विपक्षी निवेदन कृष्णा थापालाई गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा काम गर्न दिनुभनि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिरन नपरी सर्वोच्च अदालतको नियमावली २०७४ को नियम ४९ (७) बमोजिम खारेज गरिदिएको छ,’ आदेशमा भनिएको छ ।















देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुव- १२० मुरी धान भित्र्याए
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया