आज सातै प्रदेशले बजेट प्रस्तुत गर्दै
मेरोन्यूज
२०७८ असार १ गते ९:२६

काठमाडौं । आज सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०७८/ ८९ को बजेट सार्वजनिक गर्दैछन् । असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताका कारण सातै प्रदेशले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागेका हुन् ।
प्रदेश १ र बागमती प्रदेशमा दिउँसो ३ बजे बजेट प्रस्तुत हुँदै छ । प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दिउँसो ४ बजे तथा कर्णाली प्रदेशमा दिउँसो १ बजे बजेट प्रस्तुत गर्ने बताइएको छ ।
गण्डकी प्रदेशले आज बिहान १० बजे बस्ने प्रदेशसभा बैठकबाट नीति तथा कार्यक्रम पारित गरेर ४ बजे बजेट प्रस्तुत गर्ने तयारी छ। गण्डकीमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आफैंले बजेट प्रस्तुत गर्ने छन् ।
सम्बन्धित









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया