निर्वाचन आयोग कठपुतली बन्यो : नेता श्रेष्ठ

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली बनेको आरोप लगाएका छन् । उनले आयोगले सम्वैधानिक अंगको दायित्व पूरा नगरी सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरेको आरोप लगाएका हुन् ।
जसपाको बहुमत कार्यकारिणी समितिको निर्णयलाई आयोगले बैधानिकता नदिएको र नेकपाकै शैलीमा आयोगले जसपाका बारेमा पनि निर्णय लिएको भन्दै आयोगको निश्पक्षतामै नेता श्रेष्ठले प्रश्न उठाएका हुन् ।
अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण आयोग सरकारको कठपुतली बन्नु् पनि एउटा कारण भएको भन्दै श्रेष्ठले राजनीतिक पार्टीहरुले आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्ने बताएका छन् ।
उनले लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अङ्गको त्यसप्रकारको गलत कार्यलाई समयमै रोक्नुपर्ने पनि बताएका छन्
‘निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ। संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ।जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ।नेकपाको बारेमा पनि यस्तै गरिएको थियो । अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो,’ श्रेष्ठले सामाजिक सन्जलमार्फत भनेका छन्,-‘राजनीतिक पार्टीहरुले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्छ ।लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अङ्गको यसप्रकारको गलत कार्यलाई समयमै रोकिहाल्नु पर्छ।










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया