निर्वाचन आयोग कठपुतली बन्यो : नेता श्रेष्ठ

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली बनेको आरोप लगाएका छन् । उनले आयोगले सम्वैधानिक अंगको दायित्व पूरा नगरी सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरेको आरोप लगाएका हुन् ।
जसपाको बहुमत कार्यकारिणी समितिको निर्णयलाई आयोगले बैधानिकता नदिएको र नेकपाकै शैलीमा आयोगले जसपाका बारेमा पनि निर्णय लिएको भन्दै आयोगको निश्पक्षतामै नेता श्रेष्ठले प्रश्न उठाएका हुन् ।
अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण आयोग सरकारको कठपुतली बन्नु् पनि एउटा कारण भएको भन्दै श्रेष्ठले राजनीतिक पार्टीहरुले आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्ने बताएका छन् ।
उनले लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अङ्गको त्यसप्रकारको गलत कार्यलाई समयमै रोक्नुपर्ने पनि बताएका छन्
‘निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ। संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ।जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ।नेकपाको बारेमा पनि यस्तै गरिएको थियो । अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो,’ श्रेष्ठले सामाजिक सन्जलमार्फत भनेका छन्,-‘राजनीतिक पार्टीहरुले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्छ ।लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अङ्गको यसप्रकारको गलत कार्यलाई समयमै रोकिहाल्नु पर्छ।















चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
पर्वतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया