बाढीले विद्युत गृह बगायो, बस्ती डुबानमा परेपछि स्थानीयबासी पहरामुनि

काठमाडौँ । केही दिनदेखि लगातार भएको वर्षासँगै आएको बाढीले मनाङमा विद्युतगृह र पुलहरू बगाएको छ । त्यस्तै, जिल्लाको नासों गाउँपालिका १ को तालगाउँ भन्ने स्थानको आधा बस्ती डुबानमा परेको छ ।
सोमबार साँझदेखि परेको वर्षाले चामे गाउँपालिका १ तिमाङ खोलाको बेलिब्रिज र सोही खोलामा निर्माण भएको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत गृह बगाएको छ । यसैगरी, सदरमुकाम चामेमा ४ वटा घर बाढीले बगाएर क्षति पुर्याएको छ ।
स्थानीयबासीका अनुसार मस्र्याङ्दी नदीमा आएको बाढीले भानु माविसहित ताल गाउँको आधा बस्ती डुबानमा परेको हो । करिब ५६ घरधुरी रहेको उक्त गाउँका बासिन्दा अहिले पहरामुनि बस्न बाध्य भएका छन् ।
यस्तै, गाउँमा टेलिफोन सेवा अवरुद्ध भएको छ । ‘हामी म्यार्दीभिरको पहरामा आएर बसेका छौँ,’ एक स्थानीयबासीले भने । स्थानीयबासी वेदबहादुर गुरुङले आफूहरूलाई हेलिकप्टरमार्फत उद्धार गर्नु पर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार घट्टे खोलामा आएको बाढीले ढुंगामुढा थुपारिदिँदा चामे बजारको पुल थुनिएको छ । पुल थुनिँदा ४ वटा घर बगाएको छ ।
पानी परिरहेको र बाढी पहिरो आइरहेकाले उद्धारमा समस्या भइरहेको प्रहरीले जानकारी दिएको छ ।














सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ काराेबार ?
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुव- १२० मुरी धान भित्र्याए
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया