प्रतिनिधीसभा विघटन सम्वन्धी मुद्दा :सर्वाेच्च बारले छान्यो दुई जना एमीकस क्यूरी
काठमाडौं । सर्वाेच्च बार एसोसिएसनले आफनो तर्फबाट प्रतिनिधिसभा विघटनको मुद्दामा अदालतको सहजीकरणका लागि २ जना वरिष्ठ न्यायाधिसहरुलाई एकीकस ब्यूरीका रुपमा छनौट गरेको छ । सर्वाेच्च बारले वरिष्ठ अधिवक्ताहरु कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रुपमा सिफारिस गरेको हो ।
मुद्दामा नेपाल बार एसेसिएसनबाट २ जना र सर्वाेच्च बारवाट २ जना गरी ४ जना एमीकस क्यूरीका रुपमा सिफारिस गर्न प्रतिनिधीसभा विघटन सम्वन्धी मुद्दा हेरिरहेको सम्वैधानिक इजालसले माग गरेको थियो । उक्त मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट दुई –दुई जना एमिकस क्युरी माग गरेको थियो ।
सोही आधारमा सर्वाेच्च बारको मंगलवार वसेको बैठकले एमीकस क्यूरीमा पठाउने दुई जना वरिष्ठ वकिलको नाम टुग्गो लगाएको हो ।
कुनै गम्भीर मुद्दामा अदालतले राय आवश्यक पर्ने ठानेमा एमिकस क्युरी माग गर्ने प्रचलन छ । गत पुसमा भएको प्रतिनिधीसभा विघटनको मुद्दामा भने अदालतले ५ जना एमीकस क्युरीको माग गरेको थियो ।
अदालतमा प्रतिनिधीसभा विघटन सम्वन्धी मुद्दाको असार ९ गतेबाट निरन्तर सुनुवाई हुने गरी तोकिएको छ । पक्ष÷विपक्षका वकिलहरुलाई १५ घण्टाका दरले र एमीकस क्यूरीका ४ जनालाई आधा आधा घण्टाका दरले वहस गर्न दिने गरी सम्वैधानिक इजालसले निर्णय लिएको थियो ।
















विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो
कस्ताे रहला आज देशभरकाे मौसम पूर्वानुमान
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया