प्रतिनिधीसभा विघटन सम्वन्धी मुद्दा :सर्वाेच्च बारले छान्यो दुई जना एमीकस क्यूरी
काठमाडौं । सर्वाेच्च बार एसोसिएसनले आफनो तर्फबाट प्रतिनिधिसभा विघटनको मुद्दामा अदालतको सहजीकरणका लागि २ जना वरिष्ठ न्यायाधिसहरुलाई एकीकस ब्यूरीका रुपमा छनौट गरेको छ । सर्वाेच्च बारले वरिष्ठ अधिवक्ताहरु कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रुपमा सिफारिस गरेको हो ।
मुद्दामा नेपाल बार एसेसिएसनबाट २ जना र सर्वाेच्च बारवाट २ जना गरी ४ जना एमीकस क्यूरीका रुपमा सिफारिस गर्न प्रतिनिधीसभा विघटन सम्वन्धी मुद्दा हेरिरहेको सम्वैधानिक इजालसले माग गरेको थियो । उक्त मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट दुई –दुई जना एमिकस क्युरी माग गरेको थियो ।
सोही आधारमा सर्वाेच्च बारको मंगलवार वसेको बैठकले एमीकस क्यूरीमा पठाउने दुई जना वरिष्ठ वकिलको नाम टुग्गो लगाएको हो ।
कुनै गम्भीर मुद्दामा अदालतले राय आवश्यक पर्ने ठानेमा एमिकस क्युरी माग गर्ने प्रचलन छ । गत पुसमा भएको प्रतिनिधीसभा विघटनको मुद्दामा भने अदालतले ५ जना एमीकस क्युरीको माग गरेको थियो ।
अदालतमा प्रतिनिधीसभा विघटन सम्वन्धी मुद्दाको असार ९ गतेबाट निरन्तर सुनुवाई हुने गरी तोकिएको छ । पक्ष÷विपक्षका वकिलहरुलाई १५ घण्टाका दरले र एमीकस क्यूरीका ४ जनालाई आधा आधा घण्टाका दरले वहस गर्न दिने गरी सम्वैधानिक इजालसले निर्णय लिएको थियो ।










तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभारः गृहमन्त्री
‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’
पशुपतिमा सर्वसाधारणलाई प्राचीन सामग्रीको दर्शन गराइयो
रविको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रतिक्रिया