पर्याप्त नभएपछि रासायनिक मलको कोटा निर्धारण

कञ्चनपुर । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरले रासायनिक मल डिएपीको कोटा निर्धारण गरी उपलब्ध गराउने भएको छ ।
कम्पनीको प्रादेशिक कार्यालय भैरहवाबाट प्राप्त हुने ३०० मेट्रिक टन मलको प्रतिशत निर्धारण गरी नौवटै स्थानीय तहलाई उपलब्ध गराउने व्यवस्था गरेको हो ।
कोटामा निर्धारण भएको अनुपातअनुसार सहकारी संस्थालाई सिफारिसबमोजिम मल उपलब्ध गराइने शाखा कार्यालयका निमित्त कार्यालय प्रबन्धक बलबहादुर शाहले बताए ।
कार्यालयले जारी गरेको सूचनाअनुसार भीमदत्त नगरपालिकालाई निर्धारित कोटाअनुसार ५९४ बोरा (२९ दशमलव सात मेट्रिक टन), वेदकोट नगरपालिकालाई ५४० बोरा (२७ मेट्रिक टन) र शुक्लाफाँटा नगरपालिकालाई ५४० (२७ मेट्रिक टन) मल उपलब्ध गराइनेछ ।
यसैगरी कृष्णपुर नगरपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकालाई ७०२ बोराका दरले (३५ दशमलव १०० मेट्रिक टनका दरले) तथा दोधारा चाँदनी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकालाई ५४० बोराका दरले (२७ मेट्रिक टन) उपलब्ध गराइनेछ ।
स्थानीय तहले वडाअनुसार मलखाद बिक्री वितरण गर्ने सहकारीको छनोट गरी मल बिक्री वितरणको व्यवस्था मिलाएका छन् । जग्गाको क्षेत्रफल, किसानको सङ्ख्यालाई आधार बनाई वडावडामा सोहीअनुसार मलको कोटा निर्धारण गरिएको छ ।
मलको मागअनुसार आपूर्ति थोरै भएको किसानको गुनासो छ । मलको अभाव हुन थालेपछि किसानले भारतबाट अवैधरूपमा भित्र्याइएको रासायनिक मल प्रयोग गर्न बाध्य छन् । वर्षा हुने क्रमसँगै कञ्चनपुरमा धान रोपाईंको काम शुरु भएको छ ।
महाकाली सिंचाइको नहरको पहुँच पुगेका क्षेत्रमा भने वैशाखको अन्तिम हप्तादेखि रोपाईं शुरु भएको थियो । धानको खेती हुने कूल जग्गाको १५ प्रतिशत जग्गामा रोपाई सकिसकेको छ ।













चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै
तरकारीकाे मूल्य : सुन्तला प्रतिकिलो रु १४०,स्याउ (झोले) प्रतिकिलो रु २८०
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
प्रतिक्रिया