सिन्धुपाल्चोकमा बाढीको वितण्डा, भौतिक संरचनामा अर्बौंको क्षति
स्वास्थ्यमन्त्री तामाङले भने - जनप्रतिनिधिको सम्पर्कमा रहनुस

काठमाडौं । अविरल वर्षापछि विभिन्न नदीमा आएको बाढीले सिन्धुपाल्चोकमा ठूलो क्षति पुर्याएको छ ।
बाढीले मेलम्ची खानेपानीको ड्याम भत्काएको छ । तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको स्वास्थ्य मन्त्री समेत रहेका सिन्धुपाल्चोकका सांसद शेरबहादुर तामाङले उल्लेख गरेका छन् ।
यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ ।
बाढीका कारण नदी किनाराका भौतिक संरचना भत्किंदा अर्बौं रुपैयाको क्षति भएको छ । यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुट्न मज्न्त्री तामाङले अपील पनि गरेका छन् ।
बाढीले क्षति पुर्याएको बस्तीमा सरकारले आजै टेण्ट र खाध्यान्न उपलब्ध गराउने पनि उनले बताए । मन्त्री तामाङले स्थानीय जनतामा जसको घर बगाएको छ उनीहरुलाई घर हुनेहरुले आश्रय दिन पनि अपिल गरेका छन् ।
उनले अन्तरास्ट्रिय समुदायलाई यो बिपत्तिमा साथ दिन भनेका छन् । खोलाको बहाव बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दाहरुलाई सचेत र सुरक्षित रहन मन्त्री तामाङले भनेका छन् । मानवीय क्षतिको भने अझै यकिन विवरण सार्वजनिक भएको छैन ।















चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै
तरकारीकाे मूल्य : सुन्तला प्रतिकिलो रु १४०,स्याउ (झोले) प्रतिकिलो रु २८०
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
प्रतिक्रिया