सिन्धुपाल्चोकमा बाढीको वितण्डा, भौतिक संरचनामा अर्बौंको क्षति
स्वास्थ्यमन्त्री तामाङले भने - जनप्रतिनिधिको सम्पर्कमा रहनुस

काठमाडौं । अविरल वर्षापछि विभिन्न नदीमा आएको बाढीले सिन्धुपाल्चोकमा ठूलो क्षति पुर्याएको छ ।
बाढीले मेलम्ची खानेपानीको ड्याम भत्काएको छ । तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको स्वास्थ्य मन्त्री समेत रहेका सिन्धुपाल्चोकका सांसद शेरबहादुर तामाङले उल्लेख गरेका छन् ।
यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ ।
बाढीका कारण नदी किनाराका भौतिक संरचना भत्किंदा अर्बौं रुपैयाको क्षति भएको छ । यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुट्न मज्न्त्री तामाङले अपील पनि गरेका छन् ।
बाढीले क्षति पुर्याएको बस्तीमा सरकारले आजै टेण्ट र खाध्यान्न उपलब्ध गराउने पनि उनले बताए । मन्त्री तामाङले स्थानीय जनतामा जसको घर बगाएको छ उनीहरुलाई घर हुनेहरुले आश्रय दिन पनि अपिल गरेका छन् ।
उनले अन्तरास्ट्रिय समुदायलाई यो बिपत्तिमा साथ दिन भनेका छन् । खोलाको बहाव बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दाहरुलाई सचेत र सुरक्षित रहन मन्त्री तामाङले भनेका छन् । मानवीय क्षतिको भने अझै यकिन विवरण सार्वजनिक भएको छैन ।

















निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया