मंगलबार, वैशाख ९, २०८२

सरकारी रबैयाले ठूलो धनजनमा क्षति : प्रचण्ड

मेरोन्यूज २०७८ असार २ गते १२:१७

काठमाडौँ । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अविरल वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

उनले निधन भएकाहरूप्रति श्रद्धाञ्जली दिँदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । बाढी पहिरोले सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न भागमा ठूलो धनजन क्षति पुर्याएको छ ।

‘मौसमविदको पूर्वानुमानको ख्याल नगरी विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभवसमेतको वेवास्ता गरिएको छ,’ विज्ञप्तिमा भनिकएको छ, ‘सरकारी रबैयाले धनजनमा ठूलो क्षति भएको हो ।’

प्रतिक्रिया