पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई देखिएको स्वास्थ्य समस्या के हो ?
थप उपचारका लागि दिल्ली लगियो

कठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पताल लगिएको छ । गत सोमबार ज्वरो र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि नर्भिक अस्पताल भर्ना भएका थिए । नेता खनालका परिवारबाट थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पताल लैजाने निर्णय भएपछि दिल्ली पठाइएको अस्पतालका जनसम्पर्क अधिकारी सोमनाथ बास्तोलाले जानकारी दिए ।
उनलाई साढे १२ बजेको नेपाल एयरलाइन्सको जहाजबाट दिल्ली लगिएकाे हाे । नर्भिक अस्पतालका चेस्ट फिजिसियन डा. ब्रजेन्द्र श्रीवास्तवले नेता खनालमा मृगौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरु देखिएको बताए । उनका अनुसार नेता खनालको रगत र पिसाबमा समेत इन्फेक्सन देखिएको छ ।
अस्पतालका जनसम्पर्क अधिकारी सोमनाथ बास्तोलाका अनुसार लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनलार्ई २ दिनअघि नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि नर्भिकको विशेष वार्डमा राखेर उनको उपचार जारी राखिएको थियो ।
उपचारमा संलग्न चिकित्सहरुकाअनुसार उनको फोक्सोमा पानी जमेको देखिएको थियो । फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको थियो । उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो । चिकित्सकहरुले कोभिड हुँदा उनलाई निमोनियाको समस्या देखिएको र सो समस्या फेरि बल्झिएको समेत आशंका गरेका छन् ।
उनको ज्वरो घट्न सकेको छैन । पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको नर्भिक अस्पतालले जनाएको छ ।
उनलाई मंगलबार एक पिन्ट रगत समेत दिइएको थियो । हेमोग्लोबिनको मात्रा कमी देखिएपछि रगत चढाइएको थियो । २ पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले सपोर्ट नगरेपछि एक पिन्ट मात्र रगत चढाइएको अस्पतालले जनाएकाे छ ।
दिल्ली जानुअघि पनि उनलाई निरन्तर खोकी लागिरहेको थियो । शरीर समेत शिथिल देखिन्थ्यो, उनको शरिर कापिरहेको अस्पतालले जनाएको छ ।














कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
Slight increase in gold and silver price
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा
प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया