पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई देखिएको स्वास्थ्य समस्या के हो ?
थप उपचारका लागि दिल्ली लगियो

कठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पताल लगिएको छ । गत सोमबार ज्वरो र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि नर्भिक अस्पताल भर्ना भएका थिए । नेता खनालका परिवारबाट थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पताल लैजाने निर्णय भएपछि दिल्ली पठाइएको अस्पतालका जनसम्पर्क अधिकारी सोमनाथ बास्तोलाले जानकारी दिए ।
उनलाई साढे १२ बजेको नेपाल एयरलाइन्सको जहाजबाट दिल्ली लगिएकाे हाे । नर्भिक अस्पतालका चेस्ट फिजिसियन डा. ब्रजेन्द्र श्रीवास्तवले नेता खनालमा मृगौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरु देखिएको बताए । उनका अनुसार नेता खनालको रगत र पिसाबमा समेत इन्फेक्सन देखिएको छ ।
अस्पतालका जनसम्पर्क अधिकारी सोमनाथ बास्तोलाका अनुसार लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनलार्ई २ दिनअघि नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि नर्भिकको विशेष वार्डमा राखेर उनको उपचार जारी राखिएको थियो ।
उपचारमा संलग्न चिकित्सहरुकाअनुसार उनको फोक्सोमा पानी जमेको देखिएको थियो । फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको थियो । उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो । चिकित्सकहरुले कोभिड हुँदा उनलाई निमोनियाको समस्या देखिएको र सो समस्या फेरि बल्झिएको समेत आशंका गरेका छन् ।
उनको ज्वरो घट्न सकेको छैन । पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको नर्भिक अस्पतालले जनाएको छ ।
उनलाई मंगलबार एक पिन्ट रगत समेत दिइएको थियो । हेमोग्लोबिनको मात्रा कमी देखिएपछि रगत चढाइएको थियो । २ पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले सपोर्ट नगरेपछि एक पिन्ट मात्र रगत चढाइएको अस्पतालले जनाएकाे छ ।
दिल्ली जानुअघि पनि उनलाई निरन्तर खोकी लागिरहेको थियो । शरीर समेत शिथिल देखिन्थ्यो, उनको शरिर कापिरहेको अस्पतालले जनाएको छ ।
















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया