शनिबार, माघ ३, २०८२

आजको मौसमः कहाँ/कहाँ पानी पर्दै छ त ??

मेरोन्यूज २०७८ असार ३ गते ८:०६

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा वर्षा भईरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।

देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक/दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।

राती देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ ।

देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, वागमती प्रदेश र प्रदेश १ को एक/दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया