आय र खाद्यान्न सुरक्षाका लागि विश्व मरुभूमीकरण र खडेरी विरुद्ध संघर्ष दिवस

काठमाडौं । कोरोना र वर्षासँगै मुलुकभर भएको बाढी पहिरोसँगै खानपिनको खडेरी लागेको बेला आज बिहिबार विश्व मरुभूमीकरण र खडेरी विरुद्ध संघर्ष दिवस मनाईदैछ ।
विश्वमा प्रकृति नै सबैभन्दा ठूलो भएपनि मानिसले नियन्त्रण गर्न नसक्ने भएकाले बर्षा याममा समस्या देखिएको हो । तसर्थ प्रकृतिलाई संरक्षण गर्न र प्रकृति अनुसार हामी सूचारु हुनुपर्ने वातावरणविद् भुषण तुलाधरले जानकारी दिए ।
उनले मरुभूमिकरण र खडेरीविरुद्ध विश्व समुदायमै जनचेतना बढाउन जरुरी रहेको र गर्मीमा मात्र मरुभूमी हुन्छ भन्ने गलत सन्देशलाई परिमार्जन गरी शिक्षा प्रणालीमा लागु गर्नुपर्नेमा जोड दिए ।
वातावरणविद् तुलाधरले भूमिमा आश्रित मानव समुदाय, कृषि–कार्य, पशुपालन र मुख्य कुरा अन्न उत्पादनमा कमी हुन आई खडेरी र मरुभूमिकरणले बढाउनेमा जोड दिए ।
विश्व मरुभूमीकरण र खडेरी विरुद्ध संघर्षका लागि एक हुन सन् १९९५ देखि हरेक वर्ष जून १७ तारिखमा दिवस मनाउन थालिएको हो ।
आज विहिबार सन् २०२१ को विश्व खडेरीविरुद्धको दिवस जीवन–यापनका लागि खाधान्न सुरक्षा र आयलाई प्राथमिकतामा राख्दै ‘हाम्रो जमिन, हाम्रो घर र हाम्रो भविष्य ।’ भन्ने नाराका साथ विश्वभर मनाईदैछ ।
भौगोलिक परिरस्थितिनुसारका अनेक मानवीय क्रियाकलाप अनि प्रकृतिसंँग निरन्तर भइरहने अविवेकी प्रयोगले नै मरुभूमी र खडेरी सिर्जना गर्छ ।
मानव जनसंख्याको वृद्धिसँगै पछिल्ला शताब्दीमा भूमिको वितरण, विभाजन अनि उपयोग वास्तवमै दुःखदायी तवरले भएको विश्व मानचित्रका लगभग सबै देश खडेरी र मरुभूमिकरणको ढिलो–चाँडो जोखिममा छन् ।
जसले गर्दा विश्वभरिका ८१ करोड मानिस खाद्यान्न संकटबाट समस्यामा परेका छन् ।

















निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
रवि लामिछानेलाई दमौलीमा देखाइयो कालो झण्डा, सात जना पक्राउ
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
प्रतिक्रिया