युरोकपमा आज कुन कुन टिम भिड्दै छन् ?

काठमाडौँ । युरोकप फुटबलमा आज (बिहीबार) साँझ ६:४५ बजेदेखि तीन खेलहरु हुँदैछन् । युरोकपको अन्तर्गत आज समूह सीको दुई खेल र समूह बीको एक खेल हुने छन् ।
आज हुने पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ । समूह सीमा रहेको दुई टोलिबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३-२ गोल अन्तरले पराजित भएको थियो । नर्थ म्यासेडोनिया पहिलो खेलमा अष्ट्रियासँग ३-१ ले पराजित भएको थियो ।
युक्रेन समूहको तेस्रो र नर्थ म्यासेडोनिया चौंथो स्थानमा रहेको छ । आज हुने दोस्रो खेलमा बेल्जियम र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह बी बेल्जियम र डेनमार्कबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा बेल्जियमले रुसलाई ३-० ले हराएको थियो भने डेनमार्क फिनल्याण्डसँग १-० ले पराजित भएको थियो । ३ अंक जोडेको बेल्जियम समूहको शीर्ष स्थानमा रहेको छ भने पुछारमा रहेको डेनमार्क पहिलो अंक जोड्न चाहन्छ ।
आज हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ । समूह सीमा रहेका दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
समूहको शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३-२ ले हराएको थियो भने पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३-१ ले हराएको थियो । एजेन्सी














कर छुटको सुविधा चैत मसान्तसम्म
निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
प्रतिक्रिया