जनकपुरमा एकसय श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा

जनकपुर । प्रदेश २ सरकारले जनकपुरधाममा एकसय श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । मुजेलिया स्थित मणिपाल शिक्षण अस्पतालको प्रयोग विहीन भवनलाई मर्मत सम्भार गरी प्रदेश सरकारको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सो अस्पताल सञ्चालन गरिएको हो ।
मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रूपमा आज अस्पतालको ृद्घाटन गरेका छन् । उक्त उद्घाटन अवसरमा मुख्यमन्त्री राउतले प्रतिष्ठानले कोरोना सङ्क्रमितको उपचारका अतिरिक्त अन्य विशेषज्ञ सेवा छिट्टै शुरू गर्ने जानकारी दिए । उनले शिक्षण अस्पताल सञ्चालनका लागि सरकारबाट जग्गा भाडामा लिएका मणिपालले दशकौ बिति सक्दा पनि अस्पताल सञ्तालन गर्न नसकेकाले मणिपालको लिज खारेज गराई उक्त जग्गा प्रतिष्ठान अन्तर्गत ल्याउने पहल शुरू गरिएको जानकारी दिए ।
सामाजिक विकास मन्त्री साहले प्रतिष्ठान प्रदेश सरकारको गौरवको योजना रहेको र स्वास्थ्य उपचारका क्षेत्रमा मुलुककै नमूना बन्ने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानले यसै शैक्षिक सत्रदेखि विपिएच , बिएन , बिएमएलटी लगायतको अध्यापन शुरू गर्ने जनाइएको छ ।
















वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
प्रतिक्रिया