वैदेशिक रोजगारीमा मृत्यु भएका ७० नेपालीको शव अलपत्र
निषेधज्ञामा समयमा चार्टर उडानबाट मात्र २५ वटा शव ल्याइयो

काठमाडौं । निषेधज्ञाका समयमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका २५ वटा शव नेपाल ल्याएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । नियमित उडान बन्द भए पनि चार्टर उडानमार्फत कतार,कुवेत र बराइनलगायत देशबाट अलपत्र परेका शव ल्याइएको वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार नियमित उडान सञ्चालन भए लगत्तै शव नेपाल ल्याउने तयारी भइरहेको छ ।
विदेशमै अलपत्र ७० शव
नेपालीहरूको शव विदेशमै थुप्रिन थालेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । बैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार निषेधज्ञाका कारण नियमित उडान नहुँदा शव ल्याउन समस्या भएको छ । मलेसिया, कुवेत, साउदी अरबमा ७० वटा शव अलपत्र परेका छन्। ती शव ल्याउने तयारी भइरहेको श्रेष्ठको उनले जानकारी दिए ।
लामो समयसम्म शव ल्याउन नसक्दा समस्या भएपछि बोर्डले मृतकको अन्त्येष्टि गर्न आग्रह गरेको छ । सोही मुलुकमै अन्त्येष्टी गरिएका मृतकका परिवारलाई सान्त्वना स्वरुप ५० हजार दिने बोर्डले निर्णय गरेको छ । तर निर्णय कार्यान्वयन गर्दा समस्या भएको बोर्डको भनाई छ ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया