राहतमा राजनीति
राहत बाँड्ने क्रममा एमालेका कार्यकर्ताले राजनीति गरेकाे भन्दै मेलम्चीवासीकाे विराेध (भिडियाेसहित)
राहत बाँड्ने क्रममा एमालेका दुई पक्षबीच पनि विवाद

काठमाडाैं । बाढी पीडितलाई राहत बाँड्ने क्रममा राजनीति गरेकाे भन्दै मेलम्चीबासीले नेकपा (एमाले)का कार्यकर्तालाई लखेटेका छन् । बाढी पीडित बस्दै आएकाे मेलम्चीकाे इन्द्रेश्वरी माविमा राहत बाँड्ने क्रममा एमालेका कार्यकर्ताले राहत भन्दा राजनीति गरेकाे भन्दै पीडितले लखेटेका हुन् ।
बाढी पीडितको लागि ल्याएको राहतमा एमाले निकट संगठन अनेरास्ववियुले व्यानर भित्तामा टालेर राहत वितरणभन्दा बढी विज्ञापन गरेको भन्दै मेलम्चीवासीले विराेध गरेकाे मेलम्चीबाट स्थानीय पत्रकार आदित्य दाहालले जानकारी दिए ।
खाद्यान्न लगायतका राहत सामग्री वितरणका क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले हस्तक्षेप गरेको थियाे । अनेरास्ववियुमा आबद्ध सोही विद्यालयका पूर्व विद्यार्थीहरुले राहत वितरण गर्दा संगठनको ब्यानर टाँसेपछि विवाद उत्पन्न भएको मेलम्ची प्रहरी कार्यालयले जनाएकाे छ ।
स्थानीयले यो राजनीति गर्ने ठाउँ हैन भन्दै विरोध गरेपछि झडपकाे अवस्था सिर्जना भएकाे थियाे । बाढी प्रभावितलाई राहत बाँड्ने क्रममा एमालेका दुई पक्षबीच पनि विवाद भएकाे थियाे । एमालेकाे ओली र नेपाल पक्षबीच विवाद भएकाे हाे । राहत वितरणमा अनेरास्ववियूकाे झण्डा नराख्ने भने पनि नेपाल पक्षले झण्डा राखेपछि ओली पक्षले आपत्ति जनाउँदै हुलदंगा गरेकाे थियाे ।
















अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
तामाकोशी दुर्घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त
नेकपाको प्रतिबद्धता : ५ लाखलाई रोजगारी, १० प्रतिशत आर्थिक वृद्धि
नेपाली कम्युनिष्ट पार्टीकाे ‘प्रतिबद्धतापत्र’ सार्वजनिक
सरकारले आय–व्ययको अनुमान घटायो
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
प्रतिक्रिया