चार प्रदेशमा नेपाली मौलिक वाद्यवादन प्रशिक्षण हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सङ्गीत विभागले आव २०७८÷७९ सम्पादन गरिने वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । प्रमुख प्राज्ञ अशोककुमार राईले आफूले नेतृत्व गरेको सङ्गीत विभागबाट चार कार्यक्रम सम्पन्न गर्ने लक्ष्य लिइएको बताए ।
उनका अनुसार यस वर्ष चार प्रदेशका आठ स्थानमा नेपाली मौलिक वाद्यवादनसम्बन्धी प्रशिक्षण सञ्चालन गरिनेछ । प्रशिक्षार्थीलाई पूर्वीय तथा पाश्चात्य सङ्गीतको सैद्धान्तिक ज्ञान दिनाका साथै सम्बन्धित बाजाको ऐतिहासिक पृष्ठभूमि, धार्मिक तथा सांस्कृतिक महत्वका बारेमा समेत ज्ञान प्रदान गरिने छ ।
राईले यस वर्ष सनाई, सारङ्गी, मुर्चुङ्गा, बिनायो, पियुङ, टुङ्ना, डम्फु, धिमे, च्याब्रुङ, राई ढोल, धिमाल ढोल, मादल, बाँसुरी र ढोलक वाद्यवादनसम्बन्धी प्रशिक्षण चलाइने बताए । गण्डकी प्रदेशमा रहेका गन्धर्व समुदायको धार्मिक तथा विभिन्न संस्कार–संस्कृतिमा बजाइने धुनको सङ्कलन तथा रेकर्डिङ गरी अभिलेख राखिनेछ । सोको पृष्ठभूमिसहित वृत्तचित्रसमेत बनाइने छ ।
लुम्बिनी प्रदेशमा रहेका मौलिक लोकबाजाका इतिहास, परम्परा र सम्बन्धित जाति तथा समुदायका धार्मिक तथा सांस्कृतिक पक्षको चित्रण गरिनेछ । यसैगरी लिम्बू जातिमा प्रचलित एकराते तङ्सिङ र राई समुदायको मृत्युु संस्कारसँग सम्बन्धित मुन्धुमी सङ्गीतको अभिलेखीकरण गरिनेछ ।
प्रशिक्षणले लोकसङ्गीत, लोकधुन तथा लोकबाजाको अध्ययन, अनुसन्धान, सङ्कलन तथा प्रशिक्षणले सम्बन्धित विधा तथा क्षेत्रको संरक्षण, संवद्र्धन र व्यावसायिकीकरण गर्नमा सहयोग पुग्ने विश्वास लिइएको छ । “चालु आवमा नेपाली मौलिक लोकबाजासम्बन्धी पाठ्यसामग्री तयारीको काम अन्तिम चरणमा पुगिसकेको छ”, उनले भने, “पाठ्यपुस्तकका आधारमा वाद्यवादन प्रशिक्षण योजनालाई अगाडि बढाउनेछौँ ।”

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
आज २०८२ साल फागुन १७ गते आइतबारको राशिफल
प्रतिक्रिया