निर्माण सामग्रीमा मनोमानी मूल्यवृद्धि

डडेल्धुरा । कोरोना संक्रमण र निषेधाज्ञाले डडेल्धुरामा निर्माण सामग्रीमा अस्वभाविक रुपमा मूल्यवृद्धि भएपछि उपभोक्ता तथा ठेकेदारहरु मर्कामा परेका छन् । कोरोना नियन्त्रण र रोकथामका लागि जारी भएको निषेधाज्ञाले निर्माणलगायत दैनिक उपभोग्य सामानको मूल्यवृद्धिले आम जनतामा निराशा छाएको छ ।
जिल्लामा वैशाख १९ गतेदेखि निषेधाज्ञा जारी भएपछि निर्माण कार्यमा प्रयोग हुने सिमेन्ट, सरिया, इँटा, ग्याभिनलगायत फलामे सामग्रीहरू, कर्कट पाता, पाइप तथा सेनेटरी जस्ता विविध सामग्रीको मूल्य ३० प्रतिशतभन्दा बढीले बढेको स्थानीय हार्डवेयर व्यवसायी यक्षराज पाण्डेयले बताए । ग्रामीण सडकहरू निषेधाज्ञा र लगातारको वर्षात्ले बन्द हुँदा अत्यावश्यक खाद्यान्नलगायत निर्माण सामग्रीको पनि अभाव रहेको उनको भनाइ छ ।
असारेमै सम्पन्न गर्नुपर्ने निर्माणका काममा सामानको मूल्यवृद्धि भएका कारण उपभोक्ता समिति र निर्माण व्यवसायी अत्यधिक मारमा परेको निर्माण व्यवसायी सङ्घ डडेल्धुराका पूर्वमहासचिव दानबहादुर साउदले बताए । उनले भने, “मूल्यवृद्धि भन्दा अगाडि ठेक्का भयो, अहिले सामानको दर बढेर आकासियो । कसरी निर्धारित समयमा काम सम्पन्न गर्ने भन्ने चिन्ताले सताएको छ ।”
सुदूरपश्चिमको पहाडी जिल्लाको प्रमुख व्यापारिक केन्द्रको रूपमा रहेको डडेल्धुराबाट केही वर्षयता छिमेकी बैतडी र डोटी जिल्लामा निर्माण सामग्रीहरू जाने गरेको छ । रासस









जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’
एनपिएलः आज दुई खेल हुँदै
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया