सभामुख सापकोटा र भौतिक पूर्वाधारमन्त्री नेम्बाङबीच संवाद
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङबीच संवाद भएको छ । उनीहरुबीच तातोपानी–कोदारी क्षेत्रमा बाढी कटानबाट भइरहेको क्षति न्यूनीकरण एवं जोखिममा परेका स्थानीको सुरक्षित स्थानान्तरणका विषयमा आज संवाद भएको हो ।
गएरातिको अविरल वर्षाले सिन्धुपाल्चोकको भोटेकेशी गाउँपालिकास्थित तातोपानी–कोदारी क्षेत्रमा अरनिको राजमार्ग र लिपिङ पुलमा क्षति पुर्याएको छ । सोही विषयमा सभामुख सापकोटाले मन्त्री नेम्बाङमार्फत सरकारको ध्यानाकर्षण गराएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
“सभामुखले जोखिममा परेका स्थानीको उद्धार, सुरक्षित बसोबास एवं बन्द सडक तत्काल सञ्चालनमा ल्याउन ध्यानाकर्षण गराउनु भयो,’ उनको प्रेस नोटमा भनिएको छ, ‘सभामुख सापकोटा र मन्त्री नेम्बाङबीचको संवादपछि आजै सडक विभागका महानिर्देशक अर्जुनजंग थापासहितको टोलीले कटान क्षेत्रको स्थलगत अवलोकन गरेको छ, महानिर्देशक थापाले केही दिनभित्रै बन्द सडक सुरु गरिने जानकारी दिनु भयो ।”
भोटेकोशीको कटानले लिपिङ पुलमा क्षति पुगेको र अरनीको राजमार्गअन्तर्गतको सडक ठाउँ ठाउँमा भासिएको छ ।












टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रतिक्रिया