कुशल नेतृत्वका लागि ‘नमूना गाउँसभा’ कार्यक्रम

ताप्लेजुङ । गाउँपालिका क्षेत्रभित्र कुशल नेतृत्व विकासका लागि सिरीजङ्घा गाउँपालिकाले ‘नमूना गाउँसभा’ कार्यक्रम सञ्चालन गर्नेभएको छ ।
गाउँपालिकाभित्र कुशल स्थानीय नेतृत्व विकास गर्दै संवैधानिक उपलब्धिको रक्षाका लागि क्रियाशील राजनीतिक दलमा आवद्ध युवालाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालनमा ल्याइने भएको हो ।
यो कार्यक्रम आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने बिहीबार गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
संविधानमा व्यवस्था भएअनुसार स्थानीय तहको सभा, कार्यपालिका, वडा समितिलगायत सबै जनप्रतिनिधिहरुको काम, कर्तव्य र अधिकारका विषयमा अभिमुखीकृत गरी असल नेतृत्वको विकास गर्ने उद्देश्यले उक्त योजना बनाइएको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिए ।
सुशासनलाई कायम राख्दै राज्यको विधि, पद्धतिअनुरुप समाजलाई अघि बढाउन यो कार्यक्रमले सहयोग पुग्ने गुरुङको विश्वास छ । खराब नेतृत्वबाट नै समाजमा बेथिति सिर्जना हुने र त्यसले नकारात्मक प्रभाव पार्ने भएकाले असल नेतृत्व विकासका लागि अग्रसर भएको उनको भनाइ छ ।












टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया