सोमबार, वैशाख ८, २०८२

मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा

मेरोन्यूज २०७८ असार ६ गते ८:१३

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक नगरपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

शनिबार बसेको वडा समितिको बैठकले यस्तो निर्णय गरेको वडाध्यक्ष कृष्णप्रसाद चौलागाईंले जानकारी दिए । कोषमा वडाध्यक्ष चौलागाईंले २६ हजार ७३० जम्मा गर्ने भएका छन् ।

कार्यपालिका सदस्य सावित्री कार्कीले १२ हजार ८७० तथा वडा सदस्यसरू भीमसेन खतिवडा, खम्बासिंह तामाङ र शान्ति नेपालीले प्रतिव्यक्ति नौ हजार ९०० रुपैयाँ कोषमा जम्मा गर्ने भएका छन् ।

यही असार १ गते राति मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले मेलम्चीको वडा नं ६, ७, ८, ९, १० र ११ मा ठूलो धनजनको क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया