पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री विष्टको निधन
मेरोन्यूज
२०७८ असार ६ गते ८:४८

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ । उनको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको कांग्रेसले जनाएको छ ।
बिष्टको भेन्टिलेटरमा उपचार भैरहेको थियो । कोरोना संक्रमण पुष्टि भएपछि बिष्टको गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार हुँदै आएको थियो ।
तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि जेठ गत २६ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
नेपाली काँग्रेस सुर्खेतका पूर्व सभापतिसमेत रहेका बिष्ट कांग्रेस शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारमा राज्यमन्त्री बनेका थिए ।
सम्बन्धित












घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया