देउवाको आफू पक्षीय नेताहरूसँगको महाधिवेशनकेन्द्रीत छलफल आज पनि

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि पार्टीको १४ औं महाधिवेशनबारे आफूपक्षीय नेताहरूसँग छलफल गर्दैछन् ।
आगामी भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तय गरेपछि देउवाले शनिबारबाट आफूपक्ष्ीय नेताहरूसँग प्रदेशवाइज छलफल गरिरहेका छन् ।
शनिबार प्रदेश–१ र प्रदेश–२ का नेताहरूसँग छलफल गरेका देउवाले आज बागमती र गण्डकीका नेताहरूसँग छलफल गर्न लागेका हुन् ।
हिजोका दुई छलफलमा देउवाले आफू सभापतिमा दोहोरिन चाहेकाले सहयोग गर्न नेताहरूलाई आग्रह गरेका थिए । आज पनि नेताहरूसँग सहयोगका लागि आग्रह गर्ने उनको सचिवालयले जनाएको छ ।
पहिला बागमतीमा आफ्नो समूहका केन्द्रीय सदस्यहरू र त्यसपछि गण्डकीका केन्द्रीय सदस्यहरूसँग छलफल गर्न भन्दै बोलाएका छन् ।
केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले बिहान १० बजे सभापति देउवाले छलफलका लागि बुढानीलकण्ठस्थित निवासमा बोलाएको जानकारी दिए । देउवाको सचिवालयका अनुसार त्यसपछि गण्डकीका नेताहरूसँग छलफल गर्ने कार्यक्रम देउवाको छ ।
















एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ४० अर्ब रुपैयाँ खिच्ने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया