देउवाको आफू पक्षीय नेताहरूसँगको महाधिवेशनकेन्द्रीत छलफल आज पनि

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि पार्टीको १४ औं महाधिवेशनबारे आफूपक्षीय नेताहरूसँग छलफल गर्दैछन् ।
आगामी भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तय गरेपछि देउवाले शनिबारबाट आफूपक्ष्ीय नेताहरूसँग प्रदेशवाइज छलफल गरिरहेका छन् ।
शनिबार प्रदेश–१ र प्रदेश–२ का नेताहरूसँग छलफल गरेका देउवाले आज बागमती र गण्डकीका नेताहरूसँग छलफल गर्न लागेका हुन् ।
हिजोका दुई छलफलमा देउवाले आफू सभापतिमा दोहोरिन चाहेकाले सहयोग गर्न नेताहरूलाई आग्रह गरेका थिए । आज पनि नेताहरूसँग सहयोगका लागि आग्रह गर्ने उनको सचिवालयले जनाएको छ ।
पहिला बागमतीमा आफ्नो समूहका केन्द्रीय सदस्यहरू र त्यसपछि गण्डकीका केन्द्रीय सदस्यहरूसँग छलफल गर्न भन्दै बोलाएका छन् ।
केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले बिहान १० बजे सभापति देउवाले छलफलका लागि बुढानीलकण्ठस्थित निवासमा बोलाएको जानकारी दिए । देउवाको सचिवालयका अनुसार त्यसपछि गण्डकीका नेताहरूसँग छलफल गर्ने कार्यक्रम देउवाको छ ।














घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भक्तपुरमा हतियार प्रहार गरी छोराले गरे आमाको हत्या
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रतिक्रिया